जबर्जस्ती करणी गरेर दण्ड पाएका प्रतिवादी छ वर्षपछि पक्राउ

महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा दण्ड सजाय पाएर फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राईलाई शुक्रबार प्रकाउ गरिएकाे हाे। 

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए। 

गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरेको उनले बताए। पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको छ।
 

प्रकाशित मिति: : 2020-07-18 10:33:19

प्रतिकृया दिनुहोस्