क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) तथा विपद् पत्रकारिता सञ्जालले कोभिड–१९ को संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री वितरण गरेको छ।
काठमाडौं महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा शुक्रबार पचास पत्रकार महिलालाई कोभिड–१९ को संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री वितरण गरेको हो।
कार्यक्रममा महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ट खड्गीले पत्रकार महिलालाई स्यानीटाइजर, ग्लोब्स र मास्क हस्तान्तण गरेकी थिइन्।
कोभिड–१९ बाट शुरुमा काठमाडौं उपत्यकामा सुरक्षित भएपनि उपत्यका छिर्ने सीमानाका कडाई गर्न नसक्दा असुरक्षित हुँदै गएको हुनाले सुरक्षित भएर काम गर्न जरुरी भएको उनले बताइन्।
‘जस्तोसुकै विपद्मा पनि पत्रकारले काम गर्नुपर्ने हुन्छ,’उनले भनिन्,‘ सबै जना सुरक्षित भएर काम गर्नका लागि स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्नुहोला’
यता डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले पत्रकार महिलालाई सुरक्षित रुपमा काम गर्नका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिइन्।