अमेरिकामा एकै दिन लगभग साढे ६८ हजार कोरोना संक्रमित फेला

अमेरिकामा एकै दिन लगभग साढे ६८ हजार कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन्। 

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार गत २४ घण्टामा ६८ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे।

हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ।

यसैगरी गत २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ।

अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो। 

अमेरिकामा सबैभन्दा धेरै संक्रमित लसएन्जलसमा छन्। लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको छ।

अमेरिकाको कोरोनाविरूद्धको लडाईंको मोर्चामा अघ्रभागमा रहेर काम गर्दै आएका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यसअघि नै आवश्यक कदम र सावधानी नअपनाइए अमेरिकामा प्रतिदिन १ लाख बढी संक्रमित थपिने चेतावनी दिइसकेका छन्।

प्रकाशित मिति: : 2020-07-17 08:57:47

प्रतिकृया दिनुहोस्