अब विदेशमा अलपत्र परेका नेपालीहरुले स्वदेश फर्किन पैसा तिर्न नपर्ने

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरारले आफ्नै खर्चबाट स्वदेश फर्काउने भएकाे छ।

कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट  पारित भएसँगै याे निर्णय कार्यन्वनमा आउन लागेकाे हाे। 

कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको बिहीबारकाे पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली नागरिकले आफैंले हवाइजहाजकाे टिकट खरिद गर्नुपर्ने निर्णय यसअघि गरेको थियो। त्यसका विरुद्ध परेको रिटमा सर्वोच्च अदालत रिट परेकाे थियाे। त्यसपछि अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो।

त्यसपछि निर्देशिका बनाई मन्त्रिपरिषदबाट स्वीकृत भएपछि विदेशमा अप्ठेरोमा परेकालाई सरकारी खर्चमा नेपाल फर्किन बाटो खुलेको हो।

प्रकाशित मिति: : 2020-07-16 19:14:17

प्रतिकृया दिनुहोस्