महालक्ष्मी नगरमा सबै १३९ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमण फैलिएको आशंकामा समुदायमा पीसीआर परीक्षण गरिएको छ।

केही दिनअघि नगरपालिकाका २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको संम्पर्कमा आएका ७४ जनासँगै समुदायका १३९ जना गरी २१३ जनाको पीसीआर जाँच गरिएको हो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए।

समुदायमा गरिएको परीक्षणको नतिजा नेगेटिभ आएकोले अहिले आत्तिनुपर्ने अवस्था नरहेको तर उच्च सतर्कता र सजकता अपनाउन मेयर श्रेष्ठले अपिल गरेका छन् ।

यसअघि विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा नगरपालिकामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति: : 2020-07-15 15:13:02

प्रतिकृया दिनुहोस्