भारतमा एकै दिन थपिए २९ हजार बढी संक्रमित

भारतमा एकैदिन कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ संक्रमित भएको जनाएको छ। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

योसँगै भारतमा कुल संक्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको मन्त्रालयले जनाएकाे छ। 

त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २४ हजार ३०९ पुगेको छ। ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हाे। 

भारतमा काेराेना संक्रमितकाे संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना संक्रमणमुक्त भइसकेका छन्।  

भारतमा सबैभन्दा धेरै संक्रमितहरु रहेको महाराष्ट्र राज्यमा संक्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ। तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ। 

यता तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ संक्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ।

दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना संक्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।  

प्रकाशित मिति: : 2020-07-15 13:24:24

प्रतिकृया दिनुहोस्