सर्पले डस्दा एक बालिकाकाे मृत्यु

बैतडी सर्पले डस्दा एक बालिकाकाे मृत्यु भएको छ । 

घरको आगनमा मङ्गलबार बेलुका पञ्चेश्वर गाउँपालिका–२ महाकालिकी १७ वर्षीया भागरथी चन्दलाई सर्पले डसेकाे थियाे।

उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

 मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति: : 2020-07-15 12:49:07

प्रतिकृया दिनुहोस्