अमेरिकामा १७ वर्षपछि अपराधीलाई इन्जेक्सन लगाएर दिइयो मृत्युदण्ड

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको याे पहिलाे घटना हो ।

सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि लीलाई विषको इन्जेक्सन लगाइएको थियाे। 

सोमबार एक न्यायाधीशले मृत्युदण्डको सजाय पाएका अभियुक्तलाई विषको इन्जेक्सन लगाएर सजाय दिनु अमानवीय भएको तर्क प्रस्तुत गरेका थिए। तर मंगलबार बिहान लीलाई इन्डियानाको टेरे हटमा विषको इन्जेक्सन दिइएको हो ।

लीले ८१ वर्षकी इयरलीन पिटरसनकी छोरी, ज्वाईं र नातीको ४७ वर्षीय लीले हत्या गरेका थिए। अपराधमा लीलाई साथ दिने अभियुक्तलाई आजीवन कारावासको सजाय दिइएको छ ।

पिटरसनले लीकाे सजाय रोक्न माग गरेका थिए। लीलाई जन्मकैद होस् भन्ने चाहना राखेकी थिइन्। तर मंगलबार लीलाई मृत्युदण्ड दिइएकाे हाे।

प्रकाशित मिति: : 2020-07-15 08:39:48

प्रतिकृया दिनुहोस्