सप्तरीमा तीन घर भत्किए

चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको हाे ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए। महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका १३ जनाको परिवार विस्थापित भएका छन् ।
 
यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ। घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रकाशित मिति: : 2020-07-15 07:41:01

प्रतिकृया दिनुहोस्