जुम्लामा फेरि निषेधाज्ञा 

जुम्लामा कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन रुपमा फेरि निषेधाज्ञा जारी गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट चन्दननाथ नगरपालिका वडा नं. ५ को मूल बजार क्षेत्रको व्यवसायीलाई कोरोना भाइरसको संक्रमण देखिएकाले सोबाट स्थानीय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा २०७७ साल असार ३० गते दिँउसो ३ बजे देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको बताइएको छ।

यसअघि गत जेठ २१ गतेदेखि २३ गतेसम्म स्थानीयले लकडाउनको उल्लंघन गरेको भन्दै खलङ्गामा निषेधाज्ञा गरिएको थियो।

प्रकाशित मिति: : 2020-07-14 13:38:02

प्रतिकृया दिनुहोस्