म्याग्दीको धवलागिरि गाउँपालिका ६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ ।
मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिए को प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए । याेसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगे
प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका छन । चार जना अझै बेपत्ता छन् ।
मराङका १९, मालिका ७ बिमका आठ र रघुगङ्गा ६ ठाडाखानीका एक जनाको शव भेटिएको छ । पहिरोले पुरिएका मालिका ७ बिमकी एलिसा केसी, धवलागिरि ६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका ६ की गीता रोका भेटिएका छैनन् ।
पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडौं र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।