जसपाले पायाे निर्वाचन आयोगबाट प्रमाणपत्र

निर्वाचन आयोगबाट जनता समाजवादी पार्टी (जसपा)ले प्रमाणपत्र प्राप्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि गत २५ जेठमा दिइएको निवेदन उपर छानबिन सकिएपछि निर्वाचन आयोगले आइतबार प्रमाणपत्र दिएको हो ।

जसपा १५९ नम्बरमा दर्ता हुन पुगेको छ। यसअघि राजपा नेपाल दर्ता नम्बर १३६ मा दर्ता भएको थियो भने र समाजवादी पार्टीको दर्ता १५१ मा दर्ता भएको थियो ।

‘राजनीतिक दलसबन्धी ऐन, २०७३ को दफा १० बमोजिम देहायका राजनीतिक दलहरू एकआपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएकाले यो प्रमाणपत्र दिइएको हो’, आयोगले भनेको छ ।

प्रकाशित मिति: : 2020-07-12 17:37:32

प्रतिकृया दिनुहोस्