आज पनि विभिन्न स्थानमा भारी वर्षा

शनिबार पनि देशका विभिन्न स्थानमा ठूलो पानी परेको छ। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले ठूलो पानी परिरहेको छ।

त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका केही भुभागमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र प्रदेश १ का केही ठाउँमा चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

आज प्रदेश ५ को पश्चिम राप्तीमा ठूलो पानी परेसँगै बाढी आउने सम्भावना रहेकोले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। यस्तै वाग्मती नदीमा पनि पानीको सतह बढेको छ। 

मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षा हुने ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-07-11 07:19:09

प्रतिकृया दिनुहोस्