संकटमा सहयोग गर्न गेसो तयारः सभापति राई

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले  हालसालै मुलुकमा गएको बाढी पहिरोबाट भएको धनजनको क्षतिबारे आफ्नो तर्फबाट सक्दो सहयोग र उद्धारका लागि तयार रहेको जनाएको छ।

शुक्रबार गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै बाढी र पहिरोजस्तो आपतकालिन परिस्थितिमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) प्रभावित क्षेत्रमा साथ सहयोग र उद्धार कार्यमा जुट्न तयार रहेको बताएका हुन्।

विज्ञप्तिमा गेसोले आफ्नो अधिकारका निम्ति मात्र नभइ देशमा परि आउने दैविप्रकोपको बेला जीउधन गुमाएका परिवारलाईसमेत सहयोग गर्दै आएको स्मरण गराएको छ।

 

प्रकाशित मिति: : 2020-07-10 17:06:42

प्रतिकृया दिनुहोस्