म्याग्दीमा बेपत्ता हुनेकाे संख्या ३० पुग्याे

अविरल वर्षाका कारण म्याग्दीमा हालसम्म २९ जना बेपत्ता भएका छन् भने एक जनालाई खोलाले बगाएको छ ।

बेपत्ता हुनेमा धवलागिरी–६ का १२ र मालिका–७ बिमका ८ जना छन् । मराङको रिखामा ७, नामरुकमा १, ठूलोगाउँमा १ जना बेपत्ता रहेकाे प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुकी ३८ वर्षीय १ महिलालाई दुखु खोला पार गर्ने बेलामा खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा रहेको छ ।

पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ । विस्तापित हुने अवस्थाका २० घरपरिवारको लागि तत्काल गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष भबबहादुर भडारीले बताए ।

अविरल वर्षाले म्याग्दीका विभिन्न ग्रामीण सडक समेत अवरुद्ध गरेको छ । भने दजनौँ बस्ती जोखिममा छन् ।

प्रकाशित मिति: : 2020-07-10 11:28:24

प्रतिकृया दिनुहोस्