जुम्लामा सुत्केरी र शिशुसहित २५ जनाले काेराेना जिते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत् सुत्केरी र उनका १८ दिने शिशुसहित २४ जनाले कोरोना जितेका छन्। 

बिहीबार गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएकाे प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानका अनुसार उनीहरु सबैले १४ दिनमा काेराेना जितेका हुन। 

सिंजा गाउँपालिका ४ काडागाउँकी ३९ वर्षीया महिला प्रतिष्ठानमा सुत्केरी भएपछि आमा र बच्चा दुबैमा कोरोना संक्रमण देखिएको थियो।

उनीहरु दुई सहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले काेराेना जितेका छन्।

यसअघि भारतबाट आएका र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना संक्रमितले काेराेना जितेर  घर फर्किसकेका छन्।

हाल प्रतिष्ठानकाे आइसोलेसनमा १२ जना संक्रमितकाे उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-07-10 06:07:53

प्रतिकृया दिनुहोस्