बैतडीमा बुधबार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकु काठमाडौंमा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको हाे।
जिल्लाको पाटन नगरपालिका वडा नं १ का १८ वर्षीय र ३१ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
बुधबार थप दुईजनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या २ सय ९५ पुगेको छ।