कुलमान घिसिङलाई पितृशोक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृसोक भएको छ। उनको पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा गएराती निधन भएको छ ।

स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ। ९६ वर्षीय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए। दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यहीँ उनको राति १० बजे निधन भएको हो।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्।

प्रकाशित मिति: : 2020-07-06 11:52:21

प्रतिकृया दिनुहोस्