केरलाको राजधानीमा लकडाउन पुनः एक साता थप

भारतको केरला राज्य सरकारले जुलाई महिनासम्मको लागि महामारी कानुन लम्ब्याउने निर्णय गरेको छ।  

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि केरला सरकारले राजधानी निरुवन्तपुरममा एक साताको लागि पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । 

यति छिटै कोरोनाको महामारी नसकिने आशंकासँगै केरलाको प्रशासनले यस्तो निर्णय गरेको हो ।

यो लकडाउन सोमबारदेखि कार्यान्वयनमा आएको छ ।

केरलाकी स्वास्थ्यमन्त्री केके शैलजाले अहिले नै केरलामा सामुदायिक संक्रमण शुरु भइसकेको भन्न नसकिने तर कतै पनि नगएका र विदेशबाट आएका मानिसको सम्पर्कमा नआएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताए। 

अहिले दैनिक तीन/चार संक्रमित यस्ता भेटिने गरेको उनको भनाइ छ ।

भारतमा लकडाउन हटाइएसँगै केरलामा विदेशबाट चार लाख १० हजारभन्दा धेरै मानिसहरु विदेशबाट घर फर्किएका छन् । यसका साथै करिब दुई लाख मानिस भारतकै अर्को राज्यबाट केरला फर्किएका छन् ।

स्वास्थ्यमन्त्री शैलजाका अनुसार उनीहरुमध्ये कम्तीमा पाँच हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १०/१२ जना संक्रमितमा मात्र  स्रोत पत्ता लगाउन बाँकी रहेको उनको भनाइ छ ।
 
पछिल्लो समय केरलामा हटस्पटको संख्या पनि बढेका छन् । साथै मुलुकभर लकडाउन खोल्दा यो राज्यमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन थियो तर अहिले यो संख्या बढेर २५ पुगेको छ ।

प्रकाशित मिति: : 2020-07-06 11:44:50

प्रतिकृया दिनुहोस्