बरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेम गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले व्यवसायी गुरुङलाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन्।
मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुकातर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञकारुपमा मनोनित गरेको हो। मनोनित सदस्यहरुको कार्यकाल निर्णय भएको मितिले दुई वर्षसम्म रहनेछ।
श्रममन्त्रीको अध्यक्षता रहने यस बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था रहेको छ।
हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन्।