इटालीले दियाे १८० आप्रवासीलाई पानी जहाजबाट उत्रिने अनुमति

इटाली सरुकारले भूमध्य सागरबाट उद्धार गरिएका १८० जना आप्रवासीलाई उत्रिन अनुमति दिएको छ।

सहयोगी संस्था एसओएस मेडिटेरिनीले सञ्चालन गरेको उक्त पानी जहाजमा एक हप्ता भन्दा बढी समय आप्रवासीहरु थुनिएका छन्। 

आप्रवासीहरु पाकिस्तान, एरिट्रिया, नाइजेरियासहित विभिन्न देशका छन्।

उनीहरु लिबियाको तटीय क्षेत्रबाट बिस्थापित भएका हुन्।

उनीहरुलाई जुन २५ देखि ३० बिचमा चार फरक समूहबाट उद्धार गरिएको बिबिसीले उल्लेख गरेको छ।

१८० आप्रवासी मध्ये २५ जना बालबालिका छन्। दुई महिला मध्ये एकजना गर्भवती रहेकी छन्।

आप्रवासी र चालकदलका सदस्यको सुरक्षामा जोखिम देखिएको भन्दै एसओएसले आपतकालीन अवस्था लागु गरेको छ।

त्यसपछि आइतबार इटालीका अधिकारीले सो पानीजहाजमा रहेका आप्रवासीलाई आश्रय दिने निर्णय गरेका हुन्।

इटाली सरकारका अनुसार जहाजबाट उत्रीनेहरुलाई सोमबार सिसिलीमा लगिने छ। उनीहरुलाई साेही ठाउँमा १४ दिन क्वारेन्टाइनमा राखिने  छ। 

सबैकाे कोरोना भाइरसको परीक्षण भइसकेको छ, तर रिपोर्ट आएको छैन। 

प्रकाशित मिति: : 2020-07-06 07:10:46

प्रतिकृया दिनुहोस्