चीनसँग सीमा विवाद बढ्न थालेपछि पाकिस्तानले भारतसँग जोडिएको काश्मिर सीमा नजिकै आफ्नो सैन्य क्षमता बढाएको छ।
पूर्वी लद्दाखको गलवान उपत्यकामा १५ जुनमा चीनसँग भएको झड्पमा भारतले २० सेनालाई गुमाएको थियो। यसपछि यो स्थानमा तनावको स्थिति छ।
यस्तो अवस्थामा भारतबाट हुन सक्ने सम्भावित खतरालाई विश्लेषण गर्दै नियन्त्रण रेखा (एलओसी) नजिकै पाकिस्तानले सेनाको संख्या बढाएको हो।
केही साताअघि मात्र पाकिस्तानको कराचीस्थित स्टक एक्सचेन्जको गेट अगाडि ४ आतंकवादीद्धारा हमला भएको थियो। जसमा १० जनाले ज्यान गुमाएका थिए। पाकिस्तानले यो घटनामा भारतको हात भएको आरोप लगाउँदै आएको छ।
पाकिस्तानले कब्जामा लिएको काश्मिर (पिओके) को कोटली, रावलाकोट, विन्भर, बाग, मुजफ्फराबादसहित केही स्थानमा अतिरिक्त बटालियन राखेको भारतीय समाचार संस्थाले पुष्टी गर्न खोजेका छन्।
उनीहरुका अनुसार पाकिस्तानले पिओके क्षेत्रको कोटलीमा तीन ब्रिगेडसँगै २८ पीआर (पाकिस्तान रेजिमेन्ट) र ४० आरटीलाई राखेको छ। यस्तै, रावलाकोटमा २ ब्रिगेड र ९ पीआर, विन्भरमा ४ ब्रिगेड १५ लाइट इन्फेन्ट्रीलाई समावेश गरेको छ।