बाराका सार्वजनिक स्थलमा मास्क नलगाउने ८५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार कलैयाबजार क्षेत्रमा रहेका पसलका सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्ने लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कलैयाका प्रवक्ता गौतम मिश्रले सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन सूचना यसअघि जारी गरेपनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेकाे जानकारी गराए।
नियन्त्रणमा लिइएकालाई संक्रमण नियन्त्रण ऐन २०२० अन्तर्गत १०० रुपैयाँ जरिवाना गरी छाडिने उनले बताए।
यही असार १६ गते स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा राखेको बैठकको निर्णयअनुसार कारबाही थालिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।