बझाङमा पहिरोमा परेर बेपत्ता भएका सातजनामध्ये चारजनाको मृत्यु भएकाे पुष्टि भएकाे छ। मृत्यु हुनेमा एकै परिवारका तीनजना छन्।
प्रहरीका अनुसार ४६ वर्षीया राममतीदेवी जेथारा, उनका ११ वर्षीय छोरा प्रियाग र सात वर्षीया छोरी अस्मिताको शव पहिरोले पुरिएको अवस्थामा शनिबार भेटिएको हो।
त्यसैगरी, ८० वर्षीय दले जेथाराको शव पनि पहिरोले पुरिएकोअवस्थामा फेला परेको छ।
पहिरोमा पुरिएका तीनजना अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको जनाइएको छ।
जिल्लाको केदारस्युँ गाउँपालिकामा शुक्रबार राति गाउँमाथिबाट गएको पहिरोले वडा नम्बर ८, मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन्।