भारतमा एकै दिन थपिए २२ हजार संक्रमित, ज्यान गुमाउनेकाे संख्या १८ हजार नाघ्याे

भारतमा कोरोना भाइरस (काेभिड–१९)का कारण ज्यान गुमाउनेकाे संख्या १८ हजारको नाघेकाे छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा बिहीबारमात्रै ३ सय ७९ जनाकाे काेभिड–१९ का कारण मृत्यु भएकाे छ।

गएको सात दिनमा झन्डै ३ हजार मानिसले ज्यान गुमाएका हुन्।

त्यसैगरी बिहीबार एकै दिन भारतमा २२ हजार भन्दा धेरै नयाँ काेराेना भाइरसका संक्रमित थपिएका छन्।

 भारतको महाराष्ट्रमा ६ हजार ३ सय ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

यता तामिल नाडूमा ४ हजार ३ सय ४३ जनमा काेराेना भेटिँदा कर्नाटकमा १५ सय २ जना संक्रमित थपिएका छन्।

यस्तै तेलङ्गनामा १२ सय १३ जना नयाँ संक्रमित थपिएका छन्।

यता उत्तर प्रदेशमा एकै दिन ८ सय १७ नयाँ काेराेना संक्रमित थपिएका छन्। बिहारमा ४ सय ७८ जनामा संक्रमण देखिएकाे छ।

यस्तै पश्चिम बंगालमा ६ सय ४९ काेराेना संक्रमित थपिएका छन्। असाममा ४ सय ८ नयाँ संक्रमित थपिएका छन्।

याेसँगै भारतमा हिजो साँझसम्म कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार २३ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-03 09:53:06

प्रतिकृया दिनुहोस्