अमेरिकाको चेतावनी– इरान भारतको लागि पनि खतरा

चीनपछि भारत इरानबाट तेल खरिद गर्ने दोस्रो ठूलो राष्ट्र हो। पछिल्लो समय अमेरिकी दबाबमा इरानसँगको सम्बन्ध तलमाथि पर्न थालेपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमनेईले काश्मिरको विषयलाई लिएर भारतको आलोचना गरेका थिए। 

इरानले हालै केही मिसाईल टेस्ट गरेपछि अमेरिका पुनः क्रृद्ध भएको छ। अझ आफ्नो सेना प्रमुख कासिम सुलेमानीको हत्यापछि अमेरिका र इरानबीच शीत युद्धको माहौल छ। यस्तोमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इरानको हतियार प्रतिबन्धको समयलाई अझै लम्ब्याउनु पर्ने अमेरिकी भनाईलाई स्वभाविक मान्न सकिन्छ। 

संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले इरानको हतियार कार्यक्रम पूर्वी तथा पश्चिम एसियाका लागि खतराको घण्टी भएको बताएका छन्। उनले भारत, अस्ट्रेलियादेखि रोम र वारसासम्म इरानको कब्जामा आउने तर्फ चेतावनी दिएका छन्। 

संयुक्त राष्ट्र सुरक्षा परिषद्लले इरानमाथि लगाएको हतियार खरिदको प्रतिबन्ध छिट्टै समाप्त हुँदैछ। त्यसैले पोम्पियो इरानमाथिको प्रतिबन्ध थप गर्ने कुरामा लबिङ गरिरहेका छन्। 

उनले इरान रुसमा निर्माण भएको लडाकू विमान खरिद गर्ने अभियानमा रहेको र उ प्रतिबन्धबाट फुकुवा भएको खण्डमा तुरुन्त आफ्नो अभियानमा जुट्ने बताएका छन्। मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को डिजिटल बैठकमा आफूहरूले इरानमाथि लगाएको प्रतिबन्धको अवधि १८ अक्टुबरमा समाप्त हुने बताएका छन्। 

४ महिनापछि हतियार प्रतिबन्ध फुकुवा हुन लागेको इरानविरूद्ध संयुक्त राष्ट्र सुरक्षा परिषद्सँग एउटै विकल्प रहेको भन्दै उनले भने– कि उसले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको पक्षमा उभिनु पर्नेछ वा संयुक्त राष्ट्रको मिशनलाई विश्वासघात गर्दै इरानमाथि लागु हतियार प्रतिबन्ध समाप्त गर्नु पर्नेछ। 

इरान हाल रुसमा निर्माण भएको ३ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने लडाकू विमान खरिद गर्ने योजनामा छ। यदी यो सम्भव भएको खण्डमा इरानको नजर नयाँ दिल्ली, रोम र वारसासम्म हुने उनको चेतावनी थियो। इरान रुसको अर्को महत्वपूर्ण हतियार यएसयू–३० विमान पनि खरिद गर्ने योजनामा छ। 

इरानमाथिको प्रतिबन्ध नबढेको खण्डमा उसले समुन्द्रमा आफ्नो उपस्थिति बढाउँदै लैजाने खतरा छ। पोम्पियोले इरानको प्रभाव बढेको खण्डमा चीन र रुसलाई पनि खतरा उत्पन्न हुने दावी गरेका छन्। उनले इरान हतियारको कारोवारी भएको हुनाले गैरकानुनी ढंगले हतियारहरू भेनेजुएलादेखि सिरिया र अफगानिस्तानसम्म पुग्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2020-07-01 16:30:40

प्रतिकृया दिनुहोस्