अमेरिकी राष्ट्रपतिलाई सबै गोप्य जानकारी नहुने खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हरेक गोप्य सूचनाको जानकारी नहुने अमेरिकाबाट प्रकाशित चर्चित अखबार न्युयोर्क टाइम्सले बताएको छ। उनलाई आवश्यक गोप्य सूचनाको मात्र जानकारी दिने बाँकी सबै लुकाएर राख्ने गरेको अखबारले दावी गरेको छ। 

गत शुक्रबार प्रकासित लेखमा भनिएको छ, ‘रुसले अफगानिस्तानमा कार्यरत अमेरिकी सैनिकलाई मार्ने तालिबानीलाई इनामको घोषणा गरेको र रुसले तालिबानसँग कसरी सम्पर्क बनाइरहेको छ भन्ने गोप्य सूचनाको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको थिएन।’

अमेरिकाका पूर्व उपराष्ट्रपति जो बिडेनले यो घटनामा राष्ट्रपति ट्रम्पको आलोचना गर्दै भनेका छन्, ‘रुसको यस्तो हर्कत विरूद्ध कडा कार्यवाही गर्नु पर्दथ्यो। तर, उनले गरेनन्।’

न्युयोर्क टाइम्पका अनुसार रुसको सैन्य जासुसी इकाईले गोप्य रुपमा तालिबानसँग जोडिएका आतंकवादीलाई अफगानिस्तानमा अमेरिकी तथा गठबन्धन सैनिकलाई लक्षित गर्दै हमला गर्न पैसा उपलब्ध गराएको थियो। 

व्हाइट हाउसले हरेक गोप्य जानकारीमा टिप्पणी गरिहाल्दैन। जासुसी निकाय, सीआई निर्देशक, राष्ट्रिय सुरक्षा सल्लाहकार र कर्मचारी प्रमुखले सबै कुराको पुष्टी नगरिकन सबै कुरा राष्ट्रपति तथा उपराष्ट्रपतिलाई सुनाउने गर्दैनन्। 

प्रेस सचिव कायले म्याकनीले पनि शनिबार न्युयोर्क टाइम्सको भनाईलाई पुष्टी गर्दै सबै गोप्य जानकारी ट्रम्पलाई नहुने बताए। 

डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बिडेनले यो लज्जास्पद घटना भएको बताए। उनले रुसविरूद्ध एक्शन नलिएर ट्रम्पले आफैलाई लज्जित गरेको पनि बताए।

 ट्रम्पको कार्यकाल रुसी राष्ट्रपति ब्लादिमिर पुटिनका लागि ठूलो उपहार भएको बिडेनले आरोप पनि लगाएका छन्।

प्रकाशित मिति: : 2020-06-28 16:59:33

प्रतिकृया दिनुहोस्