प्यूठानमा आइतबार थप २९ जनामा कोरोना संक्रमण देखिएकाे छ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार प्यूठान नगरपालिकामा ४ , मल्लरानी गाउँपालिकामा ७, माण्डवी ६, सरुमारानीमा ५ र स्वर्गद्धारी नगरपालिकामा ७ गरी कुल २९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित हुनेहरु १४ देखि ६२ वर्ष उमेर समूहका छन्।
हालसम्म जिल्लाभर संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ।
जिल्लाका सबै स्थानीय तहमा कोरोना संक्रमित देखिएका छन्। संक्रमितमध्ये २ जना निको भएर घर फर्किएका छन्।