धनगढीबाट विप्लव समूहका नगर इन्चार्जसहित ६ जनालाई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई आइतबार पक्राउ गरेको हो।
उनीहरुलाई धनगढी उपमहानगरपालिका १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।
पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंहसहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेका छन्।
उनीहरुलाई शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
केहीलाई भने पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।
उनीहरुका विषयमा थप अनुसन्धान अघि बढाइएको छ।