भारतको तामिलनाडुको राजधानी सहर चेन्नई र योसँग जोडिएका तीन जिल्लामा पुनः लकडाउन गरिएको छ। संक्रमण बढ्दै जानथालेपछि पुन: लकडाउन गरिउकाे हाे।
तामिलनाडुमा संक्रमितको संख्या ५२ हजारको हाराहारीमा छ। यता चेन्नईमा अहिलेसम्म करिब ३७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
तामिलनाडु राज्यमा कोरोना भाइरसबाट मृत्युदर अन्य राज्यको भन्दा कम छ। भारतमा जुनको शुरुदेखि नै लकडाउन हटाइएको छ। अहिले चेन्नई भारतको एकमात्र सहर हो, जहाँ पूर्णरुपमा लकडाउन लागू गरिएको छ।
अब यो क्षेत्रमा केवल आवश्यक सामानको पसल र मेडिकल स्टोर मात्र खुल्नेछन्। १२ दिनको लागि लगाइएको लकडाउन ३० जुनसम्म जारी रहनेछ।