कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरिएको हो।
शुक्रबार नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
श्रेष्ठले नक्कली भिसा र नक्क्ली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेका प्रहरीले जनाएको छ।