आहा ! गितार हातमा, सङ्गीत साथमा

जीवनको २५औँ वर्ष टर्निङ पोइन्ट

कर्म गर फलको आशा नगर’ । हिन्दुग्रन्थ गीताको यो एक वाक्य  निकै प्रचलित छ । उनले यही सिद्धान्तलाई पछ्याए नजानिकनै । कर्मले कता डोहोर्‍याउला कुनै पत्तो थिएन । बस् त्यसमै डुबिरहे खुसीका साथ, निरन्तर । उनी ९, १० वर्षको हुँदा गितारप्रति जुन ‘भोक’ जागृत भएको थियो, त्यो ३ दशक पूरा भइसक्दा पनि मेटिएको छैन । सिक्ने र सिकाउने क्रम जारी छ । तर कुनै आशा नगरी गरिएको त्यो कर्मले उनलाई निकै मीठो फल दिएको छ ।

यति कुरा निश्चित छ, कहिले तृप्त नहुने उनको त्यो भोकले नै उनलाई सगर्व यो स्थानमा उभ्याएको छ । उनको नामलाई नै ब्रान्डका रूपमा स्थापित गराएको छ । सार्वजनिक स्थानमा सकेसम्म बोल्नै नपरे पनि हुन्थ्यो भनेर सोच्ने तर वास्तवमा निकै हँसीमजाक गर्नुपर्ने व्यक्ति नेपालमा जिप्सी ज्याजका ‘लेजेन्ड’ उनी हुन्– हरि महर्जन ।

प्रकाशित मिति: : 2020-02-08 23:40:25

प्रतिकृया दिनुहोस्