विमानस्थलको जग्गा प्राप्तिमै ३४ अर्ब खर्च, भौतिकतर्फ ५५ अर्ब सकियो

अझै २ सय ५० अर्ब खर्च गरिने

काठमाडौँ । सरकारले हवाई क्षेत्रमा मात्र करिब ९० अर्ब खर्च गरेको छ । नेपाल सरकार नागरिक उड्डन प्राधिकरणले गएको दुई वर्षमा आन्तरिक तथा बाह्य उडान हुने विमानस्थलको निर्माण, स्तरोन्नति र विकास एवम् विस्तारमा यस्तो खर्च गरेको हो । देशमा आन्तरिक र बाह्य गरी कुल ५४ वटा विमानस्थल रहेकामा सरकारले आन्तरिक (डोमेस्टिक) विमानस्थलको सुधार तथा स्तरोन्नतिका लागि मात्र ७ अर्ब बराबर खर्च गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका लागि कुल ८२ अर्ब बराबरको खर्च भएको उड्डयन प्राधिकरणले बताएको छ । जसमा जग्गा अधिग्रहणमा मात्र ४३ अर्ब बराबर खर्च गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै भौतिक (इन्फ्रास्टक्चर) तर्फ ५५ अर्ब खर्च भएको छ । यो खर्च दुई साढे दुई वर्षमा गरिएको खर्च हो । पाँच वर्षको कार्ययोजनासहित आन्तरिक तथा बाह्य विमानस्थलहरूको विकास, विस्तार एवम् सुधारमा लागेको सरकारका लागि अझै २ खर्ब ५० अर्ब आवश्यक रहेको प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति: : 2020-02-07 02:09:48

प्रतिकृया दिनुहोस्