छायामा अशोक राई

तस्बिर : रातोपाटी

२०६५ सालमा रुपन्देहीको बुटवलमा भएको तत्कालिन नेकपा एमालेको आठौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका अशोक राई सो पार्टीमा शक्तिशाली नेता मानिन्थे । शालिन, अनुशासित, भद्र र संगठन तथा विचारप्रति प्रतिबद्ध नेताको रुपमा परिचित अशोक राई अहिले भने समाजवादी पार्टीमा छायामा परेका छन् । तत्कालिन एमालेमा केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुको हैसियत बराबरका नेता मानिएका उनी अहिले समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको तल बसेर काम गर्नु परिरहेको छ ।

एमालेमा हुँदा दुई पटक मन्त्रीसमेत बनिसकेका उनी समाजवादी पार्टीमा आएपछि चुनावमा पनि पराजित भए । धरानमा कम्युनिस्ट नेताको रुपमा परिचित अशोक राई प्रतिनिधिसभाको चुनावमा आफू पराजित मात्र भएनन्, मङ्सिर १४ गते भएको उपनिर्वाचनमा समाजवादी पार्टीको जमानत नै जफत भयो । कुनै बेला धरान उपमहानगरपालिकालाई अशोक राईको गढ मानिन्थ्यो । उनको यस्तो लोकप्रियता थियो कि एमालेमा रहँदा २०४८ र २०५१ सालमा खोटाङबाट उनले चुनाव जितेका थिए । अहिले राजनीतिमा उनको व्यक्तिगत पकड कमजोर हुँदै गइरहेको छ । 

प्रकाशित मिति: : 2020-01-30 00:11:18

प्रतिकृया दिनुहोस्