बैदेशिक रोजगार बिभागले मेलमिलापकर्ताहरुको सपथ गरायो

सांकेतिक तस्बिर

बैदेशिक रोजगार बिभागले मेलमिलापकर्ताहरुको सपथ ग्रहण गराएको छ।

सोमबार बिभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा भीष्मकुमार भूसालले मेलमिलापकर्ताहरुलाई सपथ गराएको हो।

बैदेशिक रोजगारीका केहि बिषयहरुलाई मेलमिलापहरुको माध्यमबाट समाधान गर्नका लागि बिभागले मेलमिलापकर्ताहरु चयन गर्दै आएको छ।

मेलमिलापकर्ताहरुले बैदेशिक रोजगारका सामन्य मुद्धाहरुको छिनोफानो गर्न सकिने बिभागले जनाएको छ। बैदेशिक रोजगारीका ७५ प्रतिशत मुद्धा मेलमिलापबाट र २५ प्रतिशत भने फौजदारी प्रक्रियाबाट अघि बढाउन सकिने बिभागले जनाएको छ।

मेलमिलाप सम्बन्धी नियमावली २०७० को नियम ३ को उपनियम २ बमोजिम बिभागले मेलमिलापकर्ताको चयन गर्दै आएको छ।

प्रकाशित मिति: : 2020-01-28 02:06:51

प्रतिकृया दिनुहोस्