साली–भेनाको डोनट पसल

तस्बिर : सेतोपाटी

चार–पाँच कक्षा पढ्दा हाफ–टाइममा हामी प्रायः 'दुनोट' खान्थ्यौं। पसलमा दुई किसिमका दुनोट पाइन्थ्यो— सादा र क्रिम हालेको। सादा दुनोटको दुई रुपैयाँ पर्थ्यो, क्रिम हालेको अलि महँगो हुन्थ्यो। धेरै समयसम्म मलाई यही लाग्यो, यसको नाउँ मूल्यमा आधारित होला! दुई रुपैयाँ पर्ने भएकाले नै दुनोट भनिएको होला! हामी साथीहरू ठट्टा गर्थ्यौं, पहिले–पहिले यसलाई 'एकनोट' भनिन्थ्यो होला है!अचेल यो दुई रुपैयाँमा पनि पाइँदैन। सादा दुनोटकै बीस पर्छ, नाउँ भने उही। बीस रुपैयाँ मूल्य पुग्दा पनि कसैले 'बीसनोट' भन्दैनन्, 'दुनोट' नै भन्छन्।

केटाकेटी बेलाको भ्रम सम्झँदा आज आफैंसँग हाँसो उठ्छ। मैले धेरैपछि थाहा पाएँ, जुन खानेकुरालाई म 'दुनोट' भन्दै हुर्किएँ, त्यो नेपाली शब्दै होइन रहेछ। हामीले अंग्रेजीबाट सापट लिएको यो शब्दको खास उच्चारण 'डोनट' रहेछ — 'डो' अर्थात्, मुछेको पिठो र 'नट' अर्थात्, शून्य (गोलो) आकारको। यो स्टोरी लेख्न 'गुगल' गर्दा मैले थाहा पाएँ, अठारौं शताब्दीमा डचहरूले अमेरिका आउने क्रममा पहिलोचोटि डोनट उत्पादन सुरू गरेका रहेछन्। पछि उन्नाइसौं शताब्दीमा अमेरिकीमाझ यो परिकार लोकप्रिय भएछ।

प्रकाशित मिति: : 2020-01-27 00:51:56

प्रतिकृया दिनुहोस्