सभामुखमा सापकोटा निर्विरोधले काँग्रेसमा विवाद : नैतिक सङ्कटमा प्रवक्ता

रातोपाटी

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलद्वारा सभामुखमा उम्मेदवारी नदिने निर्णयको पार्टीभित्रैबाट चर्को आलोचना शुरु भएको छ । मङ्गलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय कार्यसमिति बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले तय गरेका सभामुखका उम्मेदवारप्रति समर्थन जनायो । योसँगै नेकपाका उम्मेदवार अग्नि सापकोटा निर्विरोध निर्वाचित भए भने काँग्रेसमा ‘विद्रोह’ शुरु भयो ।

नेकपाले सभामुखको उम्मेदवारमा सापकोटाको नाम अगाडि सारेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पात्रको उचित छनोट नभएको भन्दै पदको गरिमा नै धरापमा परेको प्रतिक्रिया दिएका थिए । पार्टीको संसदीय दलले सापकोटाको नाममा समर्थन गर्दै छ भन्ने कुरा शर्माले पहिले नै जानकार थिए । तर, पार्टीको निर्णय रोक्न आग्रह गरे पनि पार्टी नेतृत्वसामु कुनै सीप लागेन ।

प्रकाशित मिति: : 2020-01-24 23:59:36

प्रतिकृया दिनुहोस्