अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेशले विश्व कपको सेमिफाइनल प्रवेश गर्ने सम्भावनालाई जिवित राखेको छ।
सोमबार राउन्ड रोबिनको अर्को खेलमा पहिलो ब्याटिङ गर्दै बंगलादेशले ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो।
प्रतिउत्तरमा अफगानिस्तान ४७ ओभरमा २ सय रन बनाउँदै खुम्चिन पुग्यो। बंगलादेशको जितमा अलराउन्डर सकिब अल हसन स्टार सावित भए।
उनले ५१ रन बनाउनुका साथै ५ विकेट लिए। बंगलादेशले ७ खेलमा ३ जित दर्ता गरेको छ। अंक तालिकामा बंगलादेश ७ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ।
बंगलादेशका लागि प्रारम्भिक ब्याट्सम्यानद्धय लिटन दासले १६, तमिम इक्बालले ३६, सकिबले ५१, मुसफिकुर रहिमले ८३, महमुदल्लाले २७ र मोसादेक हुसेनले ३६ रन बनाए।
प्रतिउत्तरमा कप्तान गुलबदिन नइबले ४७ र समिमुल्ला सिनबारीले ४९ रन बनाए। सकिबले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच पनि सकिब घोषित भए।
अफगानिस्तानले ७ खेलमा पनि एउटा जित सम्भव पारेको छैन।