तीन दिनसम्म हिमपात र बर्षाको सम्भावना

फाइल तस्बिर

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशभर आंशिकदेखि सामान्य बदली रहेको उल्लेख छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

विभागले पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातदेखि मध्ययम हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउन अग्रह गरेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राती: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसीर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रहि पश्चिमी भु-भागमा आंशिक रहनेछ। पूर्वि र मध्य पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

राती: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

मंसीर १० गते (मंगलबार)

दिउँसो: देशको पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ।

राती: देशको पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ।

प्रकाशित मिति: : 2019-11-24 08:50:20

प्रतिकृया दिनुहोस्