भारतको पुनामा ज्यान गुमाएका प्रकाशलाई आर्थिक सहयोग

बिएल

करेन्ट लागेर मृत्यु भएका प्रकाश सवाललाई सुदूरपश्चिमेली नेपाली समाज भारतले आर्थिक सहयोग गरेको छ। कैलाली गौरीगंगा नगरपालिका– ५ निवासी प्रकाश सवाल गतबर्ष पुनाको वकडेवाडी रेल्वे स्टेसन नजिकै करेन्ट लागेर लामो समयसम्म उपचाररत थिए। सवालको उपचारकै क्रममा मृत्यु भएपछि समाज भारतले बिभिन्न

माध्यमबाट सहयोग गरेको केन्द्रिय सल्लाहकार सदस्य बलबहादुर जयगडीले जानकारी दिए।

सुदूरपश्चिमेली नेपाली समाज भारत, पुना जिल्ला समितिले संकलित रकमबाट अक्षयकोष निर्माण गर्ने निर्णय समेत गरेको जयगडीले बताए। गौरीगंगा नगरपालिका –५ मा रहेको मोहान्याल माध्यमिक बिद्यालयका गरिव, जेहेन्दार, फरक क्षमता र टुहुरा बालबालिकाको सहयोगार्थ प्रकाश सवाल अक्षय कोषको निर्माण स्वरुप दस हजार रुपैयाँ वडा अध्यक्ष जंगबहादुर बिक, शिक्षक–अभिभावक संघका अध्यक्ष पदम साउद, पूर्वबिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मणसिंह जनाला, खानेपानी उपभोक्ता समिति अध्यक्ष महेन्द्र बिक, महाकाली सेती ट्रावल्सका संचालक कमल जनालालगायतको रोहवरमा केन्द्रिय सल्लाहकार सदस्य जयगडीले प्रअ केशवराज भट्टलाई रकम हस्तान्तरण गरेका हुन्।

अक्षयकोष निर्माणमा सहयोग गर्ने नेपाली समाज, पुना जिल्ला समितिका सदस्य लगायतप्रति समाजले आभार ब्यक्त गरेको छ।

प्रकाशित मिति: : 2019-11-06 19:19:16

प्रतिकृया दिनुहोस्