सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, ६ जनाको मृत्यु (भिडियोसहित)

बिएल

सिन्धुपाल्चोकको सुकुटेमा आइतबार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भने १५ जनाको उद्दार गरिएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सुकुटेमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पुष्टि गरिन् ।बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् ।

 

अहिले पनि घटनास्थलमा उद्दार कार्य जारी रहेको छ भने दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने देखिएको छ ।

 घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति: : 2019-11-03 14:29:08

प्रतिकृया दिनुहोस्