छठ पर्वले मानव जीवनलाई उज्यालो तर्फ जान उत्प्रेरित गर्छ: प्रधानमन्त्री ओली (भिडियोसहित)

फाइल तस्बिर:बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् ।

छठ पर्वको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले छठ पर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘छठ पर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।’


छठ पर्वमा खासगरी सूर्यलाई भगवानको रूपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रूपमा सम्झना गरिने उल्लेख गरेका छन् ।

उनले स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: : 2019-11-02 08:15:14

प्रतिकृया दिनुहोस्