युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले आज (बिहिबार) काठमाडौं जिल्ला अदालतमा गराउने भएको छ ।
घटनाको बारेमा केही छानबिन हुन बाँकी रहेको कारण उनलाई अदालतमा म्याद थपको लागि उपस्थित गराउन लागेको महानगरीय प्रहरी बृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए।
'घटना स्थलको सुक्ष्म तरिकाले छानबिन गरिरहेका छौं', डिएसपी सिंहले भने ,'दोषीको केही बयान बाँकी रहेको कारण हामीले राईलाई म्याद थपको लागि अदालतमा हाजिर गर्न लागेका हौं ।' उनले संचार माध्यममा आएको जस्तो कुनै पनि कुरा छुटपुट नगरि छानबिन भइरहेको पनि बताए ।
'हामीले बलात्कारको सुचना पाएपछि वेवास्ता गरेको भन्दै बिभिन्न संचार माध्यममा समाचार प्रकाशित भएका रहेछ तर त्यस्तो केहि हैन ।', उनले भने ',घटनाको उजुरी पाउने बितिकै हामीले छानबिन सुरु गरेका थियौं ।'
१८ वर्षिया पीडित किशोरीले सोमबार आफूमाथि राईले काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको उजुरी गरेपछि महानगरीय प्रहरी बृत बौद्धले मंगलबार विहान पक्राउ गरेको थियो ।
पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।
यो पनि
सत्ताको धाक दिँदै अखिलका नेताले गरे युवतीमाथि बलात्कार
बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य राई पक्राउ