७ हजार घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

सांकेतिक तस्बिर

पश्चिम नवलपरासीबाट ७ हजार रूपैयाँ घुससहित सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन् ।

घुमुवाको रूपमा काम गर्दै आएका सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कायर्रत सहायक हवल्दार ज्ञानेन्द्र मौर्यालाइ अख्तियार दुरूप्योग अनुसन्धान आयोग कार्यालय बुटवलले ७ हजार रूपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

व्यापारीको सरसमान सहज रुपमा गन्तव्य पुर्याउन सहयोग गर्ने भनी मौर्याले व्यपारीसँग घुस रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

सो उजुरी अनुसार अख्तियारले शुक्रबार दिउँसो मौर्यालाइ व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरि अनुसन्धान थालेको जनाएको छ । रकम दिने व्यपारीको नाम गोप्य राखिएको छ ।

प्रकाशित मिति: : 2019-09-28 13:10:06

प्रतिकृया दिनुहोस्