९२ रोपनी जग्गामा कीर्ते गर्ने वकिल शाहलाई १ करोड धरौटी माग

तस्बिरः बिएल नेपाली सेवा

वाडभञ्याङ गाविस वडान नम्बर ३ मा रहेको ९२ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएर कीर्ते गर्न उकास्ने वकिल रामबहादुर शाहलाई काठमाडौं जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ।

बुधबारदेखि चलिरहेको थुनछेक बहसका क्रममा आज जिल्ला अदालतका न्यायाधीस पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले वकिल शाहलाई सबैभन्दा धेरै १ करोड रुपैयाँ धरौटी माग गर्ने निर्णय सुनायो।

रामबहादुर सुयल थापा र मिना कुमारी थापाको नाममा जग्गा दर्ता गरि कर्ते गर्न उकासेको र कागजपत्र मिलाउन सहयोग गरेको आरोपमा वकिल शाहलाई अदालतले धरौटी माग गरेको हो।

सुयल हाउजिङका नाममा सरकारी जग्गा दर्ता गर्ने रामकुमार र मिना कुमारीलाई भने अदालतले ३०–३० लाख धरौटी माग गर्ने निर्णय गरेको छ।

यस्तै, फिराद, प्रतिउत्तर र मिलापत्र प्रमाणिकरण गर्ने दुई वकिललाई ३०–३० हजार धरौटी माग गरेको छ।

प्रकाशित मिति: : 2019-09-27 18:31:28

प्रतिकृया दिनुहोस्