आफैले बोकेको पेस्तोल पड्किएपछि....

तस्बिर: बिएल

सर्लाहीमा शुक्रबार राति भएको गोली काण्डका आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको छ। साहमाथि गोली अज्ञात समूहले चलाएको नभइ आफैंले बोकेको पेस्तोल पड्केर घाईते भएको प्रहरीले जनाएको छ।

घटनामा सम्लग्न घाइते राजेश साहका भाइ उमेश साह र रन्जीत यादवलाई पक्राउ गरेर हातहतियार तथा खरखाजना मुद्दा दर्ता गरी अनुसनधान भईरहेको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय केसरगन्जमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक जयकिसुन प्रसाद कुर्मीले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट अटोमेटीक हतियार म्याग्जीन एक थान र त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

शुक्रबार राति ईश्वरपुरा नगरपालिका ११ खैरचौकमा घाईते साह उनका भाइ उमेश तथा रन्जीत यादवले पेस्तोललाई खेलाउँदै गर्दा हतियार पड्केर घाईते भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घाइते राजेशलगाएत ३ जनामाथि नै मुद्दा दर्ता गरि अनुसन्धान सुरू गरिएको कुर्मीले जानकारी दिए।

घाइते साहको उपचार अहिले काठमाडौंमा भईरहेको छ। अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको खैरबजार हाटबाट तरकारी खरिद गरि घरतर्फ गईरहेको बेला करमुहान चौकमा साहमाथि अज्ञात समूहले साहमाथि गोली प्रहार गरेको दाबी गरिँदै आएको छ।

साहको सर्लाहीमा उपचार सम्भव नभएपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेज शीक्षण अस्पतालमा उपचार भईरहेको थियो। तर, उनको अवस्थामा सुधार नआएपछि काठमाडौं लागिएको छ।

प्रकाशित मिति: : 2019-09-16 13:54:05

प्रतिकृया दिनुहोस्