काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक विद्युतीय बस सञ्चालनमा आएको छ। विद्युतीय बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि गत भदौ १७ गते विद्युतीय चार्जिङ स्टेसन बनाएपछि सोमबारबाट सर्वसाधारणका लागि यातायात सुचारु गरेको हो।
विद्युतीय बसहरुले बिभिनन पाँच रुटहरूसहित चक्रपथ परिक्रमा गर्ने बताइएको छ। विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ । कम्पनीको २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने छ। गाडीमा २० प्रतिशत चार्ज भएमा ८० मिनेटभित्र फुल चार्ज हुन्छ । तर ब्याट्री डाउन भएको खण्डमा त्योभन्दा बढी समय लाग्ने उक्त यातायातले जनाएको छ।
विद्युतीय बसको शुभारम्भ गर्दै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले नेपाल बिधुतिय बसको शुभारम्भ भएको भन्दै नेपालका लागी बिधुतिय बस निकै उपयोगी हुने विश्वास व्यक्त गरे।
कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्च गरेको जनाएको छ।