असोज २१ गते (अक्टोबर ८) विहान १०:३५ बजे : दशैको टीकाको उत्तम साइत

यस वर्षको वडादशैंको टीकाका साइत असोज २१ गते तदअनुसार अक्टोबर ८ तारिख मंगलबार विहान १० बजेर ३५ मिनेटका लागि निकालिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो साइत जुराएको हो । साइत जुराउनकै लागि शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठक बसेको थियो ।

बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत पनि निर्धारण गरेको छ ।

❝आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे । ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।❞
टीकाको उत्तम साइत 
असोज २१ गते तदअनुसार अक्टोबर ८ तारिख मंगलबार विहान १० बजेर ३५ मिनेट

उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र पौडेलका अनुसार असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको छ ।

यसैगरी १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ । 

 

प्रकाशित मिति: : 2019-09-09 00:10:03

प्रतिकृया दिनुहोस्