माछापोखरीबाट पक्राउ परेका व्यक्तिसँग कसरी पुग्यो हतियार

तस्बिरः बिएल

काठमाडौंको माछापोखरीबाट शनिबार पक्राउ परेको ८ जनामध्ये एक जना प्रतिवन्धित विप्लव समूहका सदस्य रहेको प्रहरीले जनाएको छ।

रसुवा छेदिङ्मो घर भई हलचोक बस्दै आएका योर्साङ घले प्रतिबन्धित विप्लव समूहका लुटेरा रहेको खुलेको हो।

यस्तै पूर्व आर्मीका भगौडासमेत रहेका पूर्व आर्मी भगौडासमेत रहेका गोरखा अजिरकोट घर भइ हाल हाई रेष्टुरेन्ट एण्ड बार सञ्चालन गर्दै आएका ३८ वर्षे कुशल अधिकारीसहित आठै जना लुटपाट र डकैत कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार रसुवाबाट भित्रिने सुन लुट्ने योजना बनाइरहेको बेला विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले यो समूह विप्लव माओवादीको लुटेरा 'स्क्वाड' रहेको दाबी गरेको छ। काठमाडौं महानगर १६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट उनीहरू सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसहित पक्राउ परेका हुन्।

उनीहरूलाई प्रहरीले आईतबार सार्वजनिक गरेको हो।

प्रकाशित मिति: : 2019-09-08 15:03:57

प्रतिकृया दिनुहोस्