हालसम्म ४२ भन्दा बढी जिल्लामा डेंगुकाे संक्रमण, संक्रमणबाट बच्न यस्तो छ डाक्टरहरुको सुझाव (भिडियाे सहित )

बिएल

देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुले रोग नियन्त्रणका लागि घर देखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिएका हुन्। कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको बताए।

डेंगुबाट चार जनाको मृत्यु भईसकेको जानकारी दिदै उहाले उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेकोले सचेत हुनुपर्ने बताए। विरामीहरुमा डेंगु संक्रमणको कारण मात्र नभई स्क्रबटाइफस, कलेजोको रोग, उच्च रक्तचाप, मृगौलाको संक्रमण जस्ता कारणहरुबाट पनि विरामीको मृत्यू हुने गरेको उनले बताए। उनले अहिले डेंगु संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए।

कार्यक्रममा शुक्रक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए। विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको र हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए।

पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने बताए।

प्रकाशित मिति: : 2019-09-06 19:04:17

प्रतिकृया दिनुहोस्